NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टोटनहममाथि लिभरपुलको कठिन जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग टोटनहम पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई ४–३ गोलान्तरमा परास्त गरेको हो ।

कुर्टिस जोन्सले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि लुइस डियाज र १५औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । पहिलो हाफको ३९औं मिनेटमा ह्यारी केनले १ गोल गरेर खेललाई ३–१ को अवस्थामा ल्याए । खेलको ७७ औं मिनेटमा सन ह्युङ मिनले टोटनहमका लागि गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा टोटेनहमका रिचार्लिसनले गोल गर्दै खेललाई बराबरीमा फर्काए । तर इन्जुरी समयको चौथो मिनेटमा नै डिएगो जोटाले अर्को गोल गर्दै ४–३ को अवस्थामा पुर्याएर टोटनहमलाई स्तब्ध पारे ।

योसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोड्दै पाँचौं स्थानमा छ भने टोटेनहम ५४ अंक जोडेर छैटौं स्थानमा छ ।

ताजा अपडेट

नेपालवाच विशेष