NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वर्षाले राेकिएकाे नेपाल र युएईको फाइनल खेल सुरू

काठमाडौं । सीसी प्रिमियर कप अन्तर्गत टीयू खेलमैदानमा वर्षाका कारण अवरुद्ध भएको खेल सुरु भएको छ ।

युएईले १६ ओभर सकिँदा ५ विकेट गुमाएर ६० रनमात्र जोड्न सकेको छ । टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ ।

आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।