NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

टिभिएस एनटर्क आरटि-एफआइ १२५ रेस एडिसन सार्वजनिक

काठमाडाैं । टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आइतबार टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग युवावर्गले मनपराई दिएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंग सँगै राखिने कम्पनीले जनाएको छ ।

टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीको दाबी छ ।

टिभिएसद्वारा पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्र्सटर्’ मा उक्त स्कुटर लन्च गरिएको थियो ।  कन्सर्टमा  फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगितिक समुह अभया एन्ड द स्टिम एन्जन्स लगायतको प्रस्तुती रहेको थियो । उक्त स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि शोरुममा पनि स्कुटर लन्च गरिएको थियो । दर्शकहरुको उत्साहजनक प्रतिकृया प्राप्त गर्न सफल उक्त स्कुटरको आगमनले टिभिएस्को स्कुटर लाइन अपमा युवा जोश र भाईटालिटी थपिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने,’नेपालमा TVS NTORQ RT–Fi 125 Race Edition–Marine Blue मा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । स्मार्ट RT–Fi को समावेश एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।

लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक अखिल गुप्ताले भने, TVS NTORQ RT–Fi 125 ले हाम्रा युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको छ । नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड TVS NTORQ RT–Fi 125 Race एडिसन को Marine Blue स्कूटर RT–Fi प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकहरूलाई पक्कै खुसी पार्नेछ ।’

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ ।

SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ ।

टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सीसी, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड SOHC, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ६.९ kW @ २ ७,००० rpm ९.३८ PS @७,००० rpm को अधिकतम पावर आउटपुट प्रदान गर्दछ । १०.५ Nm @ २ ५,५०० rpm को उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०–६० किमी प्रतिघण्टाको गति बढाउँछ ।

पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, USB चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र / TVS प्याटेन्टेड EZ सेन्टर स्ट्यान्ड रहेको छ ।

मरीन ब्लू कलरमा उपलब्ध नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ९९ हजार ९०० रूपैयाँ रहेको छ । यो पोखराको बतास ब्रदर्स प्रालिमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ।