NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ह्वाट्सएपमा अरूले पढ्न नमिल्नेगरी च्याट लक कसरी गर्ने ?

काठमाडाैं । के तपाईं चाहनुहुन्न कि अरू कसैले तपाईंको व्हाट्सएप च्याटहरू पढ्न नसकोस् ? पक्कै चाहनुहुन्छ होला । कम्पनीले हाल यो सुविधा व्हाट्सएप बिटा प्रयोगकर्ताहरूका लागि मात्रै जारी गरेको छ । सबै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्नको लागि भने केही समय भने कुर्नुपर्ने हुन्छ ।

एप डेपलपरर्सहरूले ह्वाट्सएप प्लेटफर्ममा नयाँ सुविधाहरू थपिरहेका छन् ताकि प्रयोगकर्ताहरूले राम्रो अनुभव प्राप्त गर्न सकोस् । प्लेटफर्ममा बहु उपकरण समर्थनपछि च्याट लक सुविधा चाँडै थपिने जनाएको छ।

व्हाट्सएप लक फिचरको नयाँ सुविधा के हो ?

WaBettaInfo (वा विटा इन्फो) रिपोर्टका अनुसार केही बीटा प्रयोगकर्ताहरूले नयाँ च्याट लक सुविधा प्राप्त गरिरहेका छन्। यो फिचरको मद्दतले प्रयोगकर्ताहरूले व्हाट्सएप लक गर्न आवश्यक पर्दैन । प्रयोगकर्ताले चाहेको च्याटहरू मात्रै लक गर्न सक्ने सुविधा यसमा छ । यति मात्र नभएर  लक गरिएको च्याटका फोटो र भिडियोहरू पनि स्वचालित रूपमा डाउनलोड हुने छैनन्।

यसबाट प्रयोगकर्ताको गोपनियता कायम हुने छ । WaBetaInfo ले यो सुविधाको स्क्रिनसट पनि साझा गरेको छ। यसमा व्हाट्सएपको आगामी फिचर देख्न सकिन्छ। यो सुविधा प्रयोग गर्न, तपाईंले केही चरणहरू पालना गर्नुपर्छ।

च्याट कसरी लक गर्ने?

सबैभन्दा पहिले तपाईंले व्हाट्सएप एप खोल्नु पर्छ । त्यसपछि कुनै पनि च्याटमा जानु पर्छ । तपाइँ व्यक्तिगत वा समूह च्याट, जो कोहीलाई पनि लक गर्न सक्नुहुन्छ । यहाँ तपाईंले लक गर्न चाहनुभएको च्याटमा जानु पर्छ र त्यसपछि प्रोफाइलमा क्लिक गर्नुपर्छ । अब प्रयोगकर्ताहरूले तल स्क्रोल गर्नुपर्नेछ, त्यसपछि त्यहाँ च्याट लकको विकल्प पाउनुहुने छ। यहाँ Lock This Chat with Fingerprint को विकल्प उपलब्ध हुनेछ। यसरी तपाईले कुनै पनि च्याट लक गर्न सक्नुहुन्छ।

व्हाट्सएपको यो सुविधा हाल बिटा प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। यो सुविधा सबै प्रयोगकर्ताहरूमा कहिले पुग्छ भन्ने यकिन जानकारी नभएपनि आगामी दिनमा अन्य बीटा प्रयोगकर्ताहरूमा पुग्ने कम्पनीले जनाएको छ।