NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नेपाल र यूएईको स्थगित फाइनल खेल आज, सोमबार टिकट काटेकाले फेरि लिनु नपर्ने

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सोमबार स्थगित नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार) हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएपछि वर्षाका कारण सोमबारको बाँकी खेल स्थगित भएको थियो । पूरा हुन नसकेको खेल मंगलबार पुनः सोमबारकै अवस्थामा अघि बढाउन लागिएको हो ।

एसिसी प्रिमियर कपको फाइनल खेल जित्ने टिमले एसिया कप खेल्न पाउनेछन् । त्यसैले दुवै टिमले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

सोमबार वर्षाका बीच खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको ओइरो लागेको थियो । सोमबार टिकट काटेकाले मंगलबारको खेल हेर्न पुनः टिकट लिनुनपर्ने प्रबन्ध मिलाइएको छ ।