NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपाल र युएईबीचको खेल सुरु

काठमाडौं । एसिसी प्रिमियर कप फाइनलअन्तर्गत नेपाल र यूएईको सोमबार स्थगित खेल अहिले बिहान ९ बजेबाट सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेल वर्षाका कारण मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । पूर्वनिर्णयअनुसार सोमबारकै अवस्थामा खेल अघि बढाइएको हो ।

सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।

एसिसी प्रिमियर कपको फाइनलमा जित हासिल गर्ने टिमले एसिया कप खेल्न पाउनेछन् । त्यसैले दुवै टिम जित निकाल्ने दाउमा छन् ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि वर्षाको सम्भावना औंल्याएकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ । यसमा पनि नतिजा निकाल्न नसकिएमा आइसिसी वरीयताका आधारमा निर्णय लिइनेछ । आइसिसी वरीयतामा युएईभन्दा नेपाल अगाडि छ ।