NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युएईविरूद्ध गुल्सनको अर्धशतक

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनल खेलमा गुल्सन झाले अर्धशतक पुरा गरेका छन् । दुबै ओपनर आउट भइसकेको खेलमा गुल्सनले ७५ बलमा ४ छक्का र ३ चौका हानेर नेपालको रन बढाएका हुन् ।

नेपालले ३० ओभरमा ३ विकेटको क्षतिमा १११ रन जोडेको छ। अहिले गुल्सनसँगै भीम सार्की ३० रनमा ब्याटिङ गरिरहेका छन्।

उपाधि जित्न दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि झाले राम्रो प्रदर्शन गरिरहेका छन् । नेपालका ओपनरसहित कप्तान रोहित पौडेल आउट भएका भएका थिए ।

सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो।