NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

युएईविरूद्ध नेपाल ७ विकेटको सानदार जित, एसिया कपमा प्रवेश

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ ।

जितसँगै नेपाल सेप्टेम्बरमा आगामी पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे । एसियाकप सेप्टेम्बर १ देखि १४ मा पाकिस्तामा हुँदैछ ।