NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रविका चालक शम्भुको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनस्थित घरको छत बाट खसेर घाइते भएका गाडी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको आज निधन भएको पारिवारीक स्राेतले बताएकाे छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ भई केही समयदेखि रविको सवारी चलाउँदै आएका ३९ वर्षीय थापा बैशाख ४ गते तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका थिए ।

उनलाई एयरलिफ्टगरी थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष