NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बालबालिकाको टिफिनमा के राख्ने ?

एजेन्सी । बालबालिकालाई स्कुल पठाउँदा हामी उसको टिफिनलाई लिएर चिन्तित हुन्छौं । आज एक प्रकारको खाना राख्दा भोलि के भन्ने प्रश्न मनमा उब्जिन्छ । घरमा बालबच्चाकाे स्वास्थ्यमा ध्यान दिदै खानपानमा जति सर्तकता अपनाइन्छ । त्यति नै उसको स्कुलको खाजामा पनि अपनाउन जरुरी छ ।

यी पाैष्टिक खानेकुरा राख्नुहाेस् :

उसिनेको मकै र सलाद

उसिनेको मकै पौष्टिक तत्वले भरिएको हुन्छ । यसमा पाइने फाइबर, प्रोटिन, भिटामिन बी कम्पलेक्स प्रशस्त्र मात्रामा पाइन्छ । त्यसैले बच्चाको स्वास्थ्य स्वस्थ राख्न यो उपयुक्त टिफिन हो । तपाई बच्चाको टिफिनमा उसिनेको मकै र सलाख जस्तो काक्रो, गाजर राख्न सक्नुहुन्छ ।

स्यान्डविच
स्यान्डविच अहिले सबै बच्चाको मन पर्ने खाजामा पर्छ । यसलाई तपाई उनीहरुको खाजामा राख्दिन सक्नुहन्छ । तर ध्यान दिनुहोस् स्यान्डविच बनाउँदा ताजा मल्टिग्रेन ब्रेड प्रयोग गर्नुहोस् ।

आलु परोठा

त्यस्तै आलु परोठा पनि तपाई बच्चाको टिफिनमा राख्न सक्नुहुन्छ । परोठा मा राखिने तरकारीमा प्रोटिन भरपुर हुन्छ । जसले बच्चाको स्वस्थ राम्रो पनि बनाउँछ । पराठामा तपाई पनिर पनि मिसाउन सक्नुहुन्छ । यसले स्वाद पनि बढाउँछ ।

फलफूल

फलफूलमा भिटामिन, खनिज र फाइबर प्रशस्त्र मात्रामा पाइन्छ । यसमा प्रतिरोधात्मक क्षमता बढाउने गुणसमेत हुन्छ । फलफूलले बच्चाको विकास र स्वास्थ्य दुवै राम्रो हुन्छ । त्यसैले उनीहरुको टिफिनमा हप्ताको एक पटक फलफूल पनि हाल्न सक्नुहुन्छ ।