NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यी हुन् नेपालमा शाओमीका लोकप्रिय सिरिज

काठमाडाैं । २०१८ मा पहिलो पटक नेपालमा प्रवेश गरेको शाओमीले नेपाली बजारमा प्रवेश गर्नु अघि नै प्रशंसकहरूबाट आफ्ना उत्पादनहरूको ठूलो माग देखेको थियो । यसै कारणले आफ्नो लन्चसंगै शाओमीले स्मार्टफोन बजारमा एक महत्वपूर्ण सहभागीको रूपमा आफूलाई स्थापित गर्न सक्षम भयो ।

उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउने मिशन बोकेको शाओमीले सबैका लागि उचित मूल्यमा उच्चतम प्रविधि प्रदान गर्न केन्द्रित रहेको जनाएको छ । शाओमीको यहि दर्शनले नेपाली बजारमा यस ब्रान्डको द्रुत वृद्धि भएको देखिन्छ ।

विश्वव्यापी रूपमा विभिन्न माइलस्टोनहरू हासिल गरेको शाओमीले नेपालमा पनि थुप्रै असाधारण मापदण्डहरू चिन्हित गरेको कम्पनीको दाबी छ । Q३ २०२० मा शाओमी नेपाली बजारमा पहिलो पटक नम्बर १ स्थानमा पुगेको थियो । सोही त्रैमासिकमा, IDC अनुसार नेपालमा बिक्री भएका शीर्ष दश स्मार्टफोनमध्ये चार ओटा शाओमीकै उपकरणहरू थिए । सोहि गतिलाई निरन्तरता दिँदै, शाओमीले Q४ २०२२ मा पुनः नम्बर १ स्मार्टफोन ब्रान्डको रूपमा छाएको थियो ।

एउटा ब्रान्डलाई निरन्तर बढ्दो प्रतिस्पर्धाको साथ बजारमा स्थापित गर्न र अगाडि बढ्न धेरै कुराको आवश्यकता पर्दछ । मोबाइल उद्योगको सुस्त बृद्धिलाई सम्बोधन गर्न शाओमी नेपालले पोकोफोन F1 जस्ता उत्पादनहरूका लागि अनलाइन एक्सक्लुसिभ ल्यायो जसको साथै नेपाली बजारमा शाओमीले आफ्नो अनलाइन उपस्थिति जनाएको थियो । यसको अफलाइन खुद्रा साझेदारहरू मार्फत, शाओमीले अफलाइन बजार पनि कभर गरेको थियो । शाओमीलाई नेपालमा लोकप्रिय बनाउने अन्य चीजहरूमध्ये शाओमी फ्यान कम्युनिटी, दर्शकहरूसँगको ब्रान्ड संलग्नता, हरेक मूल्य खण्डमा उत्कृष्ट उपकरण, ब्रान्ड वफादारी पर्दछ । यसको असाधारण मार्केटिङ रणनीति र दर्शकहरूसँग उच्च संलग्नताका कारण, शाओमीलाई नेपालको स्थानीय उत्पादन पनि मानिन्छ ।

उचित मूल्यमा उच्च गुणस्तरको प्रविधि प्रदान गर्ने मिशनलाई शाओमीको उत्कृष्ट उत्पादनहरूले समर्थन गरेको छ । मिशन र भिजनलाई सुदृढ पार्न शाओमीले स्थानीय बजारका लागि उपयुक्त विभिन्न स्मार्टफोन, एक्सेसरीज र विभिन्न उत्पादनहरू लन्च गरेको छ । नेपालमा उपलब्द फोनहरूमध्ये शाओमीको रेडमी नोट सिरिज र रेडमी नम्बर सिरिज सबैभन्दा लोकप्रिय रहेका छन् । शाओमीको पछिल्लो लन्चहरू जस्तै Redmi 12C, Redmi Note 12 / Redmi Note 12 Pro पनि नेपालमा निकै लोकप्रिय मानिन्छ । Redmi 12C मा रहेको 5000 mAh ब्याट्री प्याकले उपभोक्तालाई कुनै झनजट बिना लामो समयसम्म खेल खेल्न, गीतहरू सुन्न, चलचित्रहरू हेर्न र अन्य थप कुराहरूको आनन्द लिन सक्षयम बनाउँछ । युवाहरूमाझ यो सबैभन्दा लोकप्रिय बजेट फोन हो । Redmi Note 12 / Redmi Note Pro 5G  दुबै साधारण डिजाइनका छन् । मध्य–दायरा फोनहरूमा उच्च स्पेक्सको कारण यो नेपालको सन्दर्भमा सबैभन्दा लोकप्रिय मिड–टियर फोन पनि हो ।

समाजको उन्नतिको लागि केहि गर्नु पर्छ भन्ने शाओमी नेपालको दृढ विश्वासी रहेको छ । शाओमीले आफ्नो सञ्चालन भएको समुदायको सेवा गर्न धेरै कल्याणकारी गतिविधिहरू गर्दै आएको छ । DSA (अपाङ्ग विद्यार्थी संघ) का विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न मद्दत गर्न विद्यालय आपूर्ति र शैक्षिक सामग्री वितरण गर्नु शाओमी नेपालको सबैभन्दा उल्लेखनीय CSR गतिविधिहरू मध्ये एक हो । भर्खरै यस कम्पनीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी जस्ता अनाथालयहरूसँग सहकार्य गरेको छ । शाओमीले आफ्नो ‘मी–शन शिक्षा हरेक हातमा’ अन्तर्गत बालबालिकाको कल्याणका लागि विभिन्न उपहारहरू वितरण गरेको थियो ।

शाओमीले भर्खरै एयर फ्रायर, मोशन लाइट सेन्सर, TWS इयरफोन, स्मार्ट टिभी, एयर प्युरिफायर र ल्यापटपहरू लगायत धेरै उत्पादनहरू लन्च गरेको छ जुन आकर्षक डिजाइन र गुणस्तरीय हार्डवेयरको प्रयोगका कारण निकै लोकप्रिय मनिन्छन् । शाओमीले सधैं नवीनतम प्रविधि, उच्च गुणस्तरको हार्डवेयर र उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ । आफ्ना उत्पादनहरू देशभर वितरण गर्न आफ्नै आधिकारिक स्टोरहरू खोल्नुको साथै आफ्ना ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न नेपालभर आफ्नै सेवा केन्द्रहरू खोलेको छ ।