NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सोसिडाडसँग रियल स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले रियल मड्रिडलाई परास्त गरेको छ । गएराति सम्पन्न खेलमा रियललाई रियल सोसिडाडले २–० गोलान्तरमा स्तब्ध पारेको हो ।

सोसिडाडको यो जितमा ताकेफुसा कुबो र एन्डर बारेनसिएले १÷१ गोलको योगदान दिए । कुबोले ४७औं र एन्डरले ८५औं मिनेटमा गोल गरेका हुन् ।

खेलको दोस्रो हाफमा रियल १० खेलाडीमा खुम्चन पुग्यो । ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको हो ।

योसँगै सोसिडाड ३३ खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा रहन सफल भएको छ भने रियल ६८का साथ दोस्रो स्थानमा छ ।