NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओसासुना हार्यो, बार्सिलोना उपाधि नजिक

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले ओसासुनालाई हराउँदै आफूलाई उपाधि नजिक पुर्याएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तरमा हराएको हो ।

बार्सिलोनाको यो कठिन जितमा जोर्डी अल्बाले निर्णायक गोल गरे । उनले खेलको ८५औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।

यस्तै खेलको २६औं मिनेटमा ओसासुना १० खेलाडीमा सीमित हुन पुग्यो । जोर्गे ओरोजले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा सीमित बनेको हो ।

जितसँगै बार्सिलोना उपाधि नजिक पुगेको छ । शीर्ष स्थानमा रहेको उसले ३३ खेलबाट ८२ अंक जोडेको छ । बार्सिलोनाको यो अंक दोस्रो स्थानमा रहेको रियलको भन्दा १४ ले बढी हो ।