NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार दिने सरकारको निर्णय : कसले कति पाए ?

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप विजेता खेलाडीलाई नगदी पुरस्कार दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट विजेता प्रत्येक खेलाडीलाई रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको हो ।

साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ। मन्त्रिपरिषदको यस निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रधानमन्त्री प्रचण्डले लिएका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरी एसिया कपमा छनोट भएको थियो । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानमा खेल्नेछ ।