NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बच्चालाई अनुशासन कसरी सिकाउने ? 

एजेन्सी । बच्चा र अभिभावको सम्बन्धी निकै अटुट हुन्छ । उनीहरुले अभिभावकले जे सिकायो वा गर्यो त्यहि आफूले सिक्ने गर्छन् । यस कारण बच्चालाई जस्तो बनाउने हो पहिले आफू पनि त्यस्तै हुन अत्यावश्य छ ।

उनीहरुले अभिभावक, आफन्त, साथीभाईहरुको सिको गर्ने हुँदा अनुशासन सिकाउन अनुकुल वातावरण पनि चाहिन्छ । अनुशासन सिकाउने भन्दैमा उनीहरुलाई गाली गर्ने वा पिटने गर्नुहुँदैन् । कयौं अभिभावक बच्चा अनुशासनमा बसेन भनेर उनीहरुलाई गाली गर्ने वा पिट्ने गर्छन् । तर त्यस्तो गर्नाले उनीहरु अनुशासनमा बस्नुको सट्टा अझ बढी बदामास हुन्छ ।

त्यसैले उनीहरुको मानसिक कुरा बुझेर अभिभावले बच्चाको कुरा बुझने प्रयास गर्नुपर्छ । बच्चाको दिमाग अभिभावकले बनाए अनुसार हुन्छ । हामी उसलाई गाली गछौं भने उसले पनि गाली गर्न नै सिक्छ । त्यसैले बच्चालाई अनुशासन सिकाउन अभिभावकले मायाले सम्झाउन र बुझाउन आवश्यक छ ।

बालबालिकाले केही गल्ती गरेमा उनीहरुको व्यवहार गलत छ भनी बुझाउनुपर्छ । गाली गरेर मात्र बच्चालाई आफ्नो गल्ती थाहा हुँदैन। बच्चाको संगतबारे पनि अभिभावक सर्तक हुन पर्छ । बच्चाले गर्ने गतिविधिको निरीक्षण गर्ने हदबखत कोशिस गर्नु होस् र उनीहरुलाई सकारात्मक विचार र सोच राख्न सिकाउनुहोस् । उनीहरुलाई सकेसम्म रमाइलो वातावरणमा सिकाइ गराउनु पर्छ ।

यसले उनीहरु रमाइलो र सहज तरीकाले धेरै कुरा सिक्न पाउँछन । अभिभावकले जति समय आफ्नो बच्चामा खर्चियो । त्यति नै उनीहरु आमा बाबुसँग नजिक भएर आफ्नो कुरा राख्न सक्छनु । त्यसैले बच्चालाई अनुशासन सिकाउन बच्चाको मनोभावना सँग पनि नजिक हुनु पर्छ । जसले उनीहरुको मनको कुरा थाहा पाउन सकियोस् ।