NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

चैत्र मसान्तसम्ममा नीर्जीवन बीमा कम्पनीको व्यवसाय ३० अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं चालु आर्थिक वर्ष ०७९/८० को चैत्र महिनासम्ममा सञ्चालनमा रहेका १६ नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट  ३० अर्ब एक करोड ४८ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरूले २१ लाख ६६ हजार ३२८ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।

चैत्रमा मात्रै अर्ब १४ करोडको व्यवसाय

चालु आवको चैत्रमा मात्रै कम्पनीहरूले व्यवसायबाट ४ अर्ब १४ करोड १५ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख ८९ हजार ८८३ वटा बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।

कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । चालु आवको मंसिरसम्ममा शिखरले सबैभन्दा धेरै ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखरले सो अवधिमा २ लाख ३ हजार ३०१ बिमालेख जारी गरी सो रूपैयाँको बीमा शुल्क संकलन गरेको हो । त्यस्तै शिखरले चैत्रमा मात्रै ३१ हजार ९०६ बीमालेख जारी गरी ८१ करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स

धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा ३ अर्ब ४८ करोड १३ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ । उक्त  कम्पनीले चैत्रमा मात्रै ३७ करोड ७४ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यसबाहेक सिदार्थ इन्स्योरेन्स ३ अर्ब ३५ करोड २५ लाख, हिमालयन एभरेष्ट २ अर्ब २९ करोड ४९ लाख र नेको इन्स्योरेन्सि २ अर्ब २६ करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनी १ अर्ब ९९ करोड, अजोड इन्स्योरेन्स १ अर्ब ४४ करोड ३२ लाख, एनएलसी १ अर्ब ८१ करोड १२ लाख, सानिमा जिआइसी १ अर्ब ६५ करोड ४६ लाख, आइएमइ जनरल १ अर्ब ४२ करोड २२ लाख, प्रुडोन्सियल १ अर्ब ४ करोड ५१ लाख, प्रभु इन्स्योरेन्स १ अर्ब १५ करोड ४९ लाख, नेपाल इन्स्योरेन्स कम्पनी १ अर्ब १५ करोड १० लाख, दि ओरेन्टियल १ अर्ब ७ करोड, यनाइटेड इन्स्योरेन्स ९५ करोड ३२ लाख र नेशनल इन्स्योरेन्सले ७६ करोड ३२ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीले चैत्रसम्ममा आर्जन गरे १ खर्ब ४ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?