NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पोको एम५ छुट मूल्यमा उपलब्ध हुने, कतिसम्म पाइन्छ छुट ?

काठमाडौं । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ (आज) देखि जेठ १७ सम्मको सिमित अवधिका लागि पोको एम५ (POCO M5) छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एम५ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन भएको कम्पनीको भनाइ छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमारले भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसंग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई अझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ ।’

कम्पनीका अनुसार पोको एम५ एक शक्तिशाली स्मार्टफोन हो, जसमा ६.५८ इन्च ९० Hz FHD± डिस्प्ले, एक शक्तिशाली ६एनएम मेडिकल टेक हिलियो जी९९ र पाँच हजार मेघहर्ज ब्याट्री जडान गरिएको छ । यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ ।

उपलब्धता

पोको एम५ कालो, हरियो र पहेँलो गरी तीन रंगहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो 4GB+64GB / 6GB+128GB गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

4GB+64GB को वास्तविक मूल्य २० हजार ४९९ रूपैयाँ रहेको छ । तर छुट अवसरको समयमा ग्राहकले  १९ हजार ९९९ रूपैयाँमा पाउने छन् ।

त्यस्तै 6GB+128GB को मूल्य २३ हजार ९९९  रूपैयाँ रहेको छ । छुट अवधिमा किन्ने ग्राहकले २२ हजार ९९९ रूपैयाँमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।