NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आज थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बिहीबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार एक हजार ३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण देखिएको र एक जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको छ । गत २४ घण्टामा ५० जना निको भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या २०२ रहेको मन्त्रालयले जनाएको छ ।

आज संस्थागत आईसोलेसनमा २६, आईसीयुमा १२ र भेन्टिलेटरमा १ जना संक्रमित उपचारत छन् ।