NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

महिनावारी रोकिने समय कस्ता लक्षण देखापर्छन ?

एजेन्सी । महिनावारी एक निश्चित उमेर पछि सुरु हुन्छ र उमेर बढ्दै जाँदा रोकिन्छ । महिनावारी रोकिने अवस्थालाई रजोनिवृत्ति भनिन्छ ।

रजोनिवृत्तिको अनुभव हरेक महिलाको लागि फरक हुन सक्छ । महिनावारी रोकिने बेला महिलामा विभिन्न समस्याहरु देखापर्न थाल्छन् । विज्ञहरूका अनुसार रजोनिवृत्तिको सुरुवाती उमेरलाई ४५ देखि ५० वर्ष मानिन्छ ।

यो उमेरका अधिकांश महिलाको महिनावारी बन्द हुन्छ । यद्यपि कतिपय महिलाको ५० वर्ष पुगिसकेपछि पनि महिनावारी जारी रहन्छ । रजोनिवृत्ति दुई प्रकारका हुन्छन् – पेरिमेनोपज र पोस्टमेनोपज। अनियमित महिनावारी वा ढिलो महिनावारी अक्सर पेरिमेनोपजको समयमा हुन्छ।

कस्ता लक्षण देखिन्छन् ?

महिनावारी रोकिनुअघि महिनावारी हुँदा रगत कम बग्ने हुन सक्छ । त्यस्तै योनिमा सुख्खापन हुने तथा चिलाउनेसमेत हुन्छ । महिनावारी रोकिदा महिलाको छालामा पनि समस्या देखा पर्न थाल्छ । अनिन्द्रा, कोही कसैमा डिप्रेसन, चिन्ता वा मुड स्विङ्सका समस्या पनि महिनावारी रोकिनु अघि महिलामा देखा पर्न थाल्छन् ।

यसबाहेक, भावनात्मक स्वास्थ्यमा पनि असर गर्न सक्छ । महिनावारी रोकिने समय कोही महिलामा शरीरमा तापक्रम बढ्ने तथा अत्यधिक पसिना आउने समस्या पनि हुन सक्छ । हरेक महिलामा महिनावारी रोकिने समय एउटै लक्षण भने देखा नपर्न सक्छ ।