NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिम्रिक एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । संखुवासभाबाट काठमाडौंका लागि उडेको सिम्रिक एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाध निरौलाकाअनुसार हिजो उक्त हेलिकोप्टर संखुवासभामा बास बसेको हो ।

त्यहाँबाट फर्किने क्रममा हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

‘हामीले अहिलेसम्म पाएको जानकारी अनुसार उक्त हेलिकोप्टर सम्पर्कविहीन भयो भन्ने छ,’ उनले भने, ‘थप जानकारी आइसकेको छैन । सामान ओसारपसारका लागि हेलिकोप्टर त्यहाँ गएको भन्ने कुरा छ ।’

अरुण तेस्रो जलविद्युत आयोजनाको सामान ओसारपसारका लागि प्रयोग भएको हेलिकोप्टर सम्पर्कविहीन भएको हो