NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सिम्रिकको हेलिकोप्टरमा सवार पाँचजना घाइते

काठमाडौं । संखुवासभास्थित भोटखोला वडा नम्बर ४ स्थित सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकोप्टरमा सवार पाँचजना घाइते भएका छन् ।

भोटखोला गाउँपालिकाकी उपाध्यक्ष सहना लामाका अनुसार हेलिकोप्टरमा सवार पाँचैजना घाइते भएका हुन् । उनीहरूको उद्दारका लागि थप दुईवटा हेलिकोप्टर घटनास्थलमा पुगिसकेको उनले जानकारी दिइन् ।

‘अहिलेसम्म पाँचजना घाइते भन्ने जानकारी आएको छ । हामी पनि त्यहाँ जाँदै छौं,’ उनले भनिन्, ‘उद्दारका लागि दुईवटा हेलिकोप्टर त्यहाँ पुगिसकेका छन् । थप कार्य हुँदै छ ।’

करिब साढे १ बजेतिर एक्कासी आवाज आएपछि त्यहाँ सबैको ध्यानाकर्षण भएको उनको भनाई छ । ‘आज दिउँसोदेखि नै हेलिले सामान ओसारिरहेको अवस्था थियो । एक्कासी घन्द्राङ्ग आवाज आएपछि हामी पनि के भए भनेर हेर्न लाग्यौ,’ उनले भनिन्, ‘दुर्घटना भएको ठाउँमा अन्य समयमा पनि सामान ओसार्नका लागि हेलिकोप्टर पुगेको हुन्छ । त्यसैले उद्दार कार्यका लागि अप्ठेरो नहुन सक्छ ।’

अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर बिहीबार नै संखुवासभा पुगेको उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।