NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मेस्सीले स्वीकार गरे गल्ती

काठमाडौं । स्टार फुटबलर लियोनल मेस्सीले क्लबको अनुमतिबेगर साउदी अरब जानु आफ्नो कमजोरी भएको बताएका छन् ।

पेरिस सेन्ट जर्मेन क्लब (पिएसजी) मा आबद्ध मेस्सी क्लबको अनुमति नलिई साउदीको भ्रमणमा गएपछि दुई साताका लागि निलम्बनमा परेका थिए । यसबारे मुख खोल्दै मेस्सीले आफ्नो गल्ती स्वीकार गरेका हुन् ।

‘मैरो कामका लागि म माफी चाहन्छु,’ उनले इन्स्टाग्राममा लेखेका छन् ।  क्लबले गर्ने निर्णय पर्खिरहेको पनि उनले बताएका छन् ।

सन् २०२३ मा कतारमा सम्पन्न विश्वकप अर्जेन्टिनालाई जिताउन भूमिका खेलेका मेस्सी दुई वर्षअघि पिएसजीमा अनुबन्धित भएका थिए । जसको सम्झौता यही समर सिजनमा सकिँदैछ ।