NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कोपा डेल रेको उपाधि रियलको पोल्टामा

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडको पोल्टामा परेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा ओसासुनालाई २–१ गोलान्तरले परास्त गर्दै रियलले उपाधि हात पारेको हो ।

सन् २०१४ पछि रियलले कोपा डेल रेको उपाधि जितेको हो ।

रियलको जितमा रोड्रिगोले दुवै गोल गरे । रोड्रिगोले खेलको दोस्रो र ७०औं मिनेटमा गोल गरेका हुन् ।

ओसासुनाका लुकास टोरोले ५८औं मिनेटमा गोल गरेर टिमलाई खेलमा फर्काए पनि टिकाइराख्न भने सकेन ।