NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मेस्सी निलम्बित खेलमा पिएसजीको सहज जित

काठमाडौं । लियोनल मेस्सीबिना मैदानमा उत्रिएको पिएसजीले लिग वानमा जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले ट्रोयजमाथि ३–१ को सहज जित निकालेको हो ।

मेस्सी निलम्बितपछि मनोवैज्ञानिक दबाबमा परेको पिएसजीका लागि केलियन एमबाप्पेले आठौं मिनेटमा नै गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा नै भिटिन्हाले अर्को गोल गरेर अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा जावियर चवेलरिनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर लगत्तै फाबियन रुइजले पिएसजीका निम्ति गोल गर्दै जित पक्का गराए ।

पिएसजी ११औं पटक उपाधि हत्याएर कीर्तिमान बनाउन चाहन्छ । त्यसका लागि पिएसजीलाई अब मात्र ७ अंकको खाँचो छ ।

मेस्सी निलम्बनमा परेपछि पिएसजी उनीबिनै मैदानमा उत्रिएको हो । क्लबसँग अनुमति नलिई साउदी अरब भ्रमणमा गएपछि मेस्सी दुई साताका लागि निलम्बनमा छन् । दुई वर्षअघि पिएसजीमा अनुबन्धित मेस्सीले यसमा आफ्नो गल्ती स्वीकारेर माफी मागिसकेका छन् ।