NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टोपबहादुरको घरमा प्रहरीले मार्यो छापा

काठमाडौं । फरार सूचीमा रहेका नेपाली एमालेका सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

उनको ललितपुरस्थित सातदोबाटोमा रहेको घरमा आज छापा मारिएको हो ।

उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । अनुसन्धानलाई सघाउन आफैं हाजिर हुन्छु भनेर फरार रहेका रायमाझीलाई खोज्न प्रहरीले देशभरका युनिटलाई सूचना जारी गरेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा तानिएपछि उनीविरूद्ध गत २० वैशाखमा जिल्ला अदालत काठमाडौंमा उजुरी परेको थियो ।

प्रहरीले यही घटनामा उनका छोरा सन्दीपलाई भने पक्राउ गरिसकेको छ ।