NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

तौल बढाउन लाभदायिक छन् यी जडिबुटी

एजेन्सी । तौल घटाउन विभिन्न आहार र व्यायामको सिफारिस गरिन्छ । तर तौल कम भएका व्यक्तिका लागि भने तौल बढाउन कठिन पर्छ । आयुर्वेदमा यस्ता धेरै जडिबुटि छन् जुन तौल बढाउनको प्रभावकारी मानिन्छ ।

अश्वगंधा

अश्वगंधा मांसपेशी बलियो बनाउन तथा तौल बढाउनका लागि उपयुक्त जडिबुटि हो । यसले कुनै साइड इफेक्ट बिना शरीरको तौल बढाउँछ । यसमा हुने पौष्टिक गुणहरूले शारीरिक शक्ति बढाउन, मांसपेशीहरूलाई बलियो बनाउन र मस्तिष्कको कार्यमा सुधार गर्न मद्दत गर्दछ। । अश्वगन्धा अनिद्रा र थकानका लागि पनि प्रभावकारी छ ।

शतावरी

शतावरी पनि तौल बढाउन लाभदायिक जडिबुटि हो । यसले पाचन क्रिया सुधार्ने काम गर्छ । जसले गर्दा भोक नलाग्ने समस्यालाई हटाउँछ र खानामा रुची बढाउँछ ।

गोक्षुरा

आयुर्वेदमा गोक्षुराको प्रयोग मांसपेशिको वृद्धि गर्न र शक्ति बढाउन प्रयोग गरिन्छ। यसले पाचन सुधार गर्न, भोक बढाउन र स्वस्थ तौल बढाउन मद्दत गर्दछ।

अदुवा

अदुवा पेट दुख्ने, वाकवाकी र अपचको उपचारको लागि प्रयोग गरिन्छ। यसले भोक जगाउने काम गर्छ । त्यसैले अदुवाको सेवनले पनि तौल बढाउन मद्दत गर्छ ।