NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणमाथि कारवाही होला ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तारमा परेका पूर्वगृहमन्त्री एवं नेता बालकृष्ण खाँणको निलम्बनलगायत विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्दैछ ।

दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवको निवास धुम्बाराहीमा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको विभाग र भातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

हिजो बसेको आकस्मिक बैठकमा नेता खाँण पक्राउ परेको विषयमा छलफल भएको थियो । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई तत्काल निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका थिए । महामन्त्रीहरूको प्रस्तावका छलफल भएपनि कुनै निर्णय नभएको परियारले बताए । आजको बैठकमा पूर्वपधाधिकारीलाई समेत बोलाइएको छ ।