NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ट्विटरको नयाँ सीईओमा लिन्डा याकारिनोको नाम अग्रस्थानमा, को हुन् यी महिला ?

एजेन्सी । ट्विटरका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले बिहीबार मात्रै अब नयाँ सीईओले कम्पनीको नेतृत्व गर्ने घोषणा गरेका छन् । साथै उनले अबको ६ हप्ताभित्र नयाँ सीईओले नै ट्विटरको नेतृत्व समाल्ने बताएका छन् । उनले नयाँ सीईओ महिला हुने स्पष्ट पारेका छन् ।

नयाँ सीईओ महिला हुने भन्ने चर्चासँगै लिन्डिया याकारिनोको नाम शीर्ष स्थानमा रहेको छ । मस्कले नयाँ सीईओको नाम घोषणा नै त गरेका छैनन् तर  लिन्डिया याकारिनोको भने निकै चर्चामा छ । यसार्थ ट्विटरको कमान्ड लिन्डा याकारिनोलाई दिन सकिने अनुमान गर्न सकिन्छ ।

महिलाले ट्विटरको नेतृत्व गर्ने :  मस्क

लिन्डा याकारिनो को हुन् ?

याकारिनो मिडियामा चर्चित अनुहार हो । उनी विगत २० वर्षदेखि एनबीसी युनिभर्सलसँग आबद्ध छिन् । हाल, उनी एनबीसी युनिभर्सलको ग्लोबल एडभर्टाइजिङ एण्ड पार्टनरसिप बिजनेसको इन्चार्ज छिन्। यसअघि लिन्डाले अन्य धेरै ठूला पदमा पनि काम गरिसकेकी छिन् । लिन्डाको लिंक्डइन प्रोफाइल अनुसार, उनले पेन स्टेट युनिभर्सिटीमा उदार कला र दूरसंचार पढेकी छिन् । रिपोर्टका अनुसार लिन्डाले यसअघि ट्विटरको सीईओ बन्ने इच्छा व्यक्त गरिसकेकी छिन् । तर, ट्विटरको सीईओको लिस्टमा एला इरविनको नाम पनि आइरहेको छ ।