NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रायमाझीलाई आज अदालतमा पेश गरिँदै

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठको आरोपमा आइतबार पक्राउ परेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।

उनीमाथि लागेको अभियोगको अनुसन्धानका लागि समय आवश्यक भएपछि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा पेश गर्न लागिएको हो ।

काठमाडौं प्रहरी परिसरले रायमाझीलाई म्याद थपका लागि आज अदालतमा लैजान लागिएको जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा पक्राउ परेका व्यक्तिको बयान तथा प्रमाणका आधारमा रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला अर्घाखाँचीमा रहेका उनले प्रहरी अनुसन्धानलाई सघाउने बताएकोमा सम्पर्कमा नआई फरार भएका थिए । ११ दिनसम्म फरार रहेका उनी शनिबार एक कार्यकर्ताको बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए ।