NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पेटमा जलन भएमा के खाने ?

एजेन्सी । खानामा असन्तुलन हुँदा पेटमा जलन हुने, अपज हुने  अमिलो पानी आउने जस्ता समस्या अत्यधिक देखिन्छ । यसको मुख्य कारण पेटमा एसिड जम्मा हुनु हो ।

पेटमा एसिड जम्मा हुँदा यसले पेट सम्बन्धी समस्या निम्याउँछ । यसले गर्दा खाना खान मन लाग्दैन र ग्यासिट्रक हुने सम्भावना पनि बढेर जान्छ । त्यसैले यस्तो समस्या हुँदा घरको भान्सामा उपलब्ध भएका प्राकृतिक जडिबुटी खान सकिन्छ ।

 के खाने ?

सुप

सुप पेटको लागि प्रभावकारी मानिन्छ । यसले पेटमा जलन हुने समस्यालाई शान्त पार्छ । सुपको खाएपछि शरीरमा चिसो हुने भएकाले यसले एसिडिको समस्याबाट टाढा राख्छ । नियमित सुप खाँदा पेटसम्बन्धी सबै समस्याबाट राहत मिल्छ ।

अलैंची

अलैंची पनि पेटको लागि फाइदाजनक हुन्छ । यसले एसिडलाई कम गरी पेटमा जलनको समस्या हटाउँछ । पेट दुख्ने समस्या भएकाहरुको लागि पनि यो लाभदायिक छ ।

पुदिना

पुदिना आयुर्वेदमा अत्यधिक उपभोग हुने जडिबुटी हो । यसमा हुने  एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट, एन्टि इन्फ्लेमेटरी गुण सम्पूर्ण शरीरका लागि नै प्रभावकारी छ । यसको नियमित सेवनले पेटको जलनमात्र नभई पेटसम्बन्धी सबै समस्याबाट टाढा रहन सकिन्छ । यसले पेटमा शीतलता प्रदान गर्छ ।

तुलसी

खाली पेटमा तुलसीको पात चपाउँदा पेटमा एसिडको समस्या हट्छ । यसले पेट दुखाइ, जलन कम गर्न सक्छ। यसमा शरीरलाई शीतल दिने तत्व हुन्छ ।