NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लेस्टरमाथि लिभरपुलको सहज जित

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीमाथि सहज जित निकालेको छ । गएराति सम्पन्न खेलमा लेस्टरलाई लिभरपुलले ३–० गोलान्तरमा पराजित गरेको हो ।

लिभरपुलको जितमा कर्टिस जोन्सले दुई र टेन्ट अलेक्जेन्डर अर्नोल्डले १ गोल गरे । जोन्सले ३३ र ३६औं मिनेट तथा अर्नोल्डले ७१औं मिनेटमा गोल गरेका हुन् ।

यी तीन वटै गोलमा सलाहले असिस्ट गरे ।

योसँगै लिभरपुलले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ । लेस्टर ३० अंकका साथ १९औं स्थानमा छ ।