NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कांग्रेसभित्र तेस्रो पुस्ताले किन घोषणा गरे पार्टी रूपान्तरणको अभियान ?

काठमाडौं । कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको भन्दै तेस्रो पुस्ताका नेताहरूले पार्टी रुपान्तरण अभियानको घोषणा गरेका छन् ।

मंगलबार संस्थापन इतरका नेताहरूले राजधानीको गौशलामा पत्रकार सम्मलेन गरी सातै प्रदेशमा रूपान्तरण अभियान चलाउने घोषणा गरेका हुन् ।

गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, रञ्जित कर्ण, भुपेन्द्रजंग शाहीसहितको टीमले सुरू गरेको कांग्रेस रूपान्तरणको अभियानअन्तर्गत सातवटै प्रदेश र प्रवासको कार्यक्रम तय गरिएको नेता गुरु घिमिरेले जानकारी दिए ।

कांग्रेसले विगत तीन दशकमा पटक पटक सरकारको नेतृत्व गरेपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेसकै कमजोरीका कारण देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएकाले तत्काल रूपान्तरण आवश्यक भएको नेताहरूले बताएका छन् ।

पत्रकार सम्मेलनमा सातै प्रदेशमा बृहत्त भेला तथा कार्यक्रम र ११ बुँदे उदेश्य सार्वजनिक गरिएको छ ।