NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कानमा आवाज आको जस्तो किन लाग्छ ?

एजेन्सी । ‘कस्तो कान बजिरहेको छ’ यो सुनिरहेकै वाक्य हो । तपाइले पनि कानबाट घण्टी बज्या जस्तो आवाज आएको कहिले महसुस गर्नुभएको होला ।

कानमा घण्टी जस्तो आवाज आउने अवस्थालाई मेडिकल भाषामा ‘टिनिटस’ भनिन्छ । यो यस्तो अवस्था हो जसमा कान कराउने वा कुनै आवाज आइरहेने हुन्छ ।

किन आउँछ आवाज ?

कानमा आवाज आउनु एक मात्र नभई विविध कारण हुने गर्छ । कहिलेकाही यो आवाज लगातार आउँछ भने कुनै बेला केही समयको अन्तरालमा आउने गर्छ । यदि तपाई कुनै शारीरिक र मानसिक उपचारको लागि औषधी खानुहुन्छ भने पनि उक्त औषधीको असरले कानमा घण्टी जस्तो आवाज आउने गर्छ ।

कानमा यस्तो आवाज आउने अर्को समस्या भनेको चिन्ता र तनाव हो । व्यक्ति तनावमा हुँदा यस्तो आवाज बारम्बार सुनिन सक्छ । यसबाहेक, कानमा कानेगुजी भरिएको छ भने पनि यस्तो समस्या हुन्छ ।

यस्तै, चर्को आवाज सुन्दा, कानमा संक्रमण हुँदा, टाउकोमा गम्भीर चोटपटक लाग्दा यस्तो आवाज सुनिन सक्छ । अत्यधिक कानमा आवाज आउँदा चिकित्सको परामर्श अत्यावश्यक छ ।