NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

घट्यो गाडी भाडा, आजदेखि लागू हुने

काठमाडाैं । सरकारले आजदेखि नै लागू हुनेगरी अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सार्वजनिक सवारीको भाडा घटाएको हो ।

नयाँ भाडादरअनुसार यात्रुबहाक सवारीको भाडा ३.२० प्रतिशतले घटाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि ४.१९ र तराइका बाटोमा सञ्चालन हुने मालबाहक सवारीका लागि ४.६५ प्रतिशतका दरले भाडा घटाएको यातायात व्यवस्था विभागले जनाएको छ ।

आयल निगमले  मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घटेसँगै यातायातको भाडा समयोजन भएको हो । निगमले पेट्रोल, ग्याँस, हवाइ इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

कुन रूटमा कति बढ्यो भाडा ? यस्तो छ :