NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कांग्रेस राजनीतिक दल होइन :  ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस राजनीतिक पार्टी नै नभएको टिप्पणी गरेका छन् ।

३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस गन्तब्यहीन पार्टी भएको टिप्पणी गरेका हुन् ।

मुलुक गम्भीर परिस्थितिमा पुग्दासमेत कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको उनले आरोप लगाए ।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो’, उनले भने, ‘त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो ।’

देशलाई सही बाटोमा लैजाने अभिभारा एमालेमा मात्र आएको जिकिर गर्दै ओलीले कांग्रेस भोलि उठी कहाँ जाने केही थाहा नभएको पार्टीको संज्ञा दिए ।

ताजा अपडेट

नेपालवाच विशेष