NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भारतमा कमल थापालाई टेबल टेनिसमा सफलता, अब फाइनल खेल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका छन् ।

दार्जिलिङ जिमखाना क्लबको आयोजनामा दार्जिलिङमा आयोजित प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल प्रतिस्पर्धामा थापा फाइनलमा प्रवेश गरेका हुन् ।

थापाले एक ट्विट गर्दै भारतीय खेलाडीहरूलाई पराजित गर्दै आफूले वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगिताको फाइनल यात्रा तय गरेको जनाएका छन् ।

थापासँगै भारतका अर्का खेलाडी झ्याम्पा धोण्डुप पनि फाइनलमा प्रवेश गरेका छन् । अब दुईबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, भेट्रान्स सिङ्गल तर्फ पनि  थापा सेमिफाइनलमा प्रवेश गरेका छन् ।