NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नौ महिनामा कति भित्रियो स्मार्टफोन?

काठमाडाैं । नेपालमा स्मार्टफोनको बढ्दो क्रेज छ । अहिले सबैको हातहातमा स्मार्टफोन देख्न सकिन्छ । स्मार्टफोनमै वार्षिक अर्बो रुपैयाँ रकम बाहिरिरहेको छ ।

चालु आर्थिक वर्ष ०७९/८० को पहिलो ९ महिनामा १८ अर्ब रूपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार र चालु आवको साउनदेखि चैत्रमसान्तसम्ममा १८ अर्ब ६६ करोड ४३ लाख रूपैयाँ बराबरको स्मार्ट फोन स्मार्टफोन आयात भएको हो ।

सो मूल्य बराबरको स्मार्टफोन आयात हुँदा सरकारले ३ अर्ब ४८ करोड ३९ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।

त्यस्तै चालु आवको ९ महिनामा ३२ करोड ३३ लाख रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको विभागको तथ्यांक छ । सो मूल्य बराबरको स्मार्टवाच आयात हुँदा सरकारले १० करोड २ लाख रुपैयाँको राजश्व उठाएको छ ।

नौ महिनासम्मको अवधिमा नेपालमा ३३ करोड ९० लाख रुपैयाँ बराबरको हेडफोन/इयरफान आयात भएको छ । त्यस्तै १४ करोड रुपैयाँ बराबरको मोबाइल चार्जर आयात भएको विभागको तथ्यांक छ ।