NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

यी पाँच तरकारी अधिक सेवन गर्नु घातक

एजेन्सी । अधिकांश व्यक्ति हरियो तरकारी स्वास्थ्यका लाभदायिक हुने भन्दै खाना भन्दा तरकारी खान जोड दिन्छन् । विशेषज्ञले पनि हामीलाई खानामा तरकारीको मात्रा बढाउनसमेत दिन्छन् ।

तर के तपाईलाई थाहा छ ? त्यहि लाभदायिक र फाइदाजनक मानिने तरकारीको अधिक सेवन भने हानिकारक पनि हुनसक्छ । तरकारी स्वास्थ्यको लागि फाइदाजनक हुँदा हुँदै पनि शरीरमा चाहिने भन्दा बढी तरकारी भने हानिकारक बन्न सक्छ ।

यी हुन् धेरै खाँदा हानिकारक तरकारी

हरियो मटर

हरियो मटर धेरैको मनपर्ने तरकारी हो । यसलाई तरकारीको रूमामात्र नभएर अन्य खानामा पनि प्रयोग गरिन्छ । स्वाद र स्वास्थ्य दुवैका लागि फाइदाजनक मानिने हरियो मटरको अत्यधिक सेवन भने घातक हुनसक्छ । यसको धेरै खपतले शरीरमा भिटामिन ‘के’ को मात्रा बढ्छ । जसले शरीरमा क्याल्सियमको मात्रालाई घटाउँछ र यूरिक एसिडको समस्या निम्तिन सक्छ ।

मकै
मकै पनि धेरै खाँदा शरीरलाई बेफाइदा हुन्छ । यसमा अधिक मात्रामा चिनी र कार्बोहाइड हुन्छ । जसले मधुमेहको जोखिम बढाउँछ ।

काउली
ब्रोकाउली, काउलीमा शरीरलाई आवश्यक पर्ने सबै खालका पोषक तत्वहरु पाइन्छ र तर पनि यसको अत्यधिक सेवनले भने समस्या निम्तिन सक्छ ।

चुकन्दर
चुकन्दरलाई सुपरफूड मानिन्छ । तर पनि यसको सेवन चाहिने भन्दा धेरै गर्दा भने रक्तचापको समस्या हुन सक्छ। योसँगै चुकन्दरको अत्यधिक सेवनले रक्तचापको स्तरलाई कम गर्छ।

आलु

हरेक भान्सामा दिनकै पाक्ने कुरा हो आलु । आलु पनि धेरै खाँदा स्वास्थ्यमा उच्च जोखिम निम्तिन्छ । आलुमा उच्च कार्बोहाइड्रेट हुन्छ । जसले हाम्रो पाचन क्रियामा समस्या ल्याउन सक्छ । त्यसैले आलुको सेवनलाई कम गर्नुहोस् ।