NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विश्वकप फुटबल २०२६ को लोगो सार्वजनिक

काठमाडौं । आगामी सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको लोगो सार्वजनिक गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार तीन वर्षपछि हुने विश्वकपको लोगो सार्वजनिक गरेका हुन्  ।

सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ ।

सन् २०२६ को लोगो निकै सरल किसिमले डिजाइन गरिएको छ । कतिपयले सरल भएकै कारण यसको मजाक उडाएका छन् ।