NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट सार्वजनिक, यस्तो छ मूल्य

काठमाडाैं । अहिलेको समयमा ऐरबड्स धेरै व्यक्तिहरूका लागि अत्यावश्यक बनिसकेको छ ।  अरु काम गर्दै संगीत सुन्न वा फोन कल गर्न रुचाउने मानिसहरुको लागि त ऐरबड्स अत्यावश्यक जस्तै भैसकेको छ ।

ऐरबड्स लागि, खरिद गर्नुअघि धेरै कुराहरु ध्यान दिन आवश्यक थुप्रै कुराहरु छन्, जसमध्ये केही – साउण्डको गुणस्तर, सहजता र फिट, नोइज क्यान्सिलेसन, कनेक्टिभिटी, ब्रान्ड र मूल्य हुन् ।

साओमी नेपालले भर्खरै आफ्नो नयाँ वायरलेस ऐरबड्स  – रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट सार्वजनिक गरेको छ ।

रेडमी बड्स ४

जोरदार र स्पष्ट साउण्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभसहित  आउने  यस  रेड्मी  ऐरबड्स  ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि पनि छ । डुअल ट्रान्सपरेन्सी मोडसँग आउँने यस ऐरबड्सले तपाईंलाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ ।

IP54 प्रोतेक्शन लेवेल लागि ईन्जिनियर गरिएको भएर तपाईं यसलाई जिम वा लामो यात्रा जहाँ पनि लिएर जान सक्नुहुन्छ ।

रेडमी बड्स ४ ले इन–गेम अडियो लेटन्सी प्रदान गर्न Bluetooth® 5.2 प्रोटोकल प्रयोग गर्दछ ताकि तपाईं छिटो निर्णयहरू लिन सक्नुहुन्छ र अरु  भन्दा अगाडि रहन सक्नुहुन्छ । रेडमी बड्स ४ को ब्याट्री लाइफ पनि त्यतिकै टिकाउ छ जसले एक पटक चार्ज गर्दा ६ घण्टा सम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ ।

Redmi Buds 4 Lite

एआई नोइज क्यान्सिलेसनका साथ साथै संगीत र कलको लागि टच कन्ट्रोलहरू जडित Redmi Buds 4 Lite मा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ । यी  ऐरबड्सहरु  IP54 रतेड छन् यसको  मतलब  यीनीहरु  धुलो र पनि  प्रतोरोधी  छन्  जसले  गर्दा  धेरै  पसिना  आउने  अवस्थाहरुको लागि  पनि  ये  ऐरबड्सहरु  उपयुक्त छन् ।

रेडमी बड्स ४ लाईट मा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्याग कम गर्ने लो लेन्सी मोडका साथ साथै राम्रो र छिटो अनुभब लागि Bluetooth®रहेको छ । रेडमी बड्स ४ लाईट ले सिंगल  चार्जमा  चार्जमा ५ घण्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप २० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्छ ।

रेडमी बड्स ४ को मूल्य ६ हजार ९९९ हो भने रेडमी बड्स ४ लाईट को मूल्य ३ हजार ४९९ रुपैयाँ हो ।

यदि तपाईं राम्रो साउण्ड गुणस्तर, टच कन्ट्रोल र आरामदायी फिट भएको बजेट–अनुकूल, उत्कृष्ट विशेषताहरूसंगै पर्फोरमेन्स प्रदान गर्ने ऐरबड्सको खोजीमा हुनुहुन्छ भने यी ऐरबड्स एक उत्कृष्ट रोजाई बन्न सक्छ ।