NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सामुदायिक विद्यालयलाई नतिजाको आधारमा अनुदान दिने

काठमाडाैं । सरकारले सामुदायिक विद्यालयलाई नतिजाको आधारमा अनुदान दिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अनुदान दिने बताएका हुन् ।

त्यस्तै शिक्षकको सेवासुविधालाई विचार गरिने राष्ट्रपति पौडेलले बताएका छन् ।

प्रविधिको माध्यमबाट पठपाठनको व्यवस्था मिलाइने, विद्यार्थी मूल्यांकनको राष्ट्रिय मापदण्ड तर्जुमा गरिनेसमेत नीति तथा कार्यक्रम प्रस्तुतमार्फत बताएका छन् ।