आइसिसी विश्वकप छनोटका लागि नेपालको प्ररम्भिक टिम घोषणा, को–को छन् ?

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । सोमबार प्रशिक्षक मोन्टी देसाईले उक्त टिम घोषणा गरेका हुन्।
प्रारम्भिक टिममा कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी रहेका छन् ।
यसैगरी करण केसी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अभिनास बोहरा रहेका छन् ।
आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ।
दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्ने क्यानले जनाएको छ । प्रशिक्षणपछि विश्वकप छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्ने क्यानको तयारी छ ।
प्रतिक्रिया