NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदै

काठमाडाैं । नेपाल पर्यटन बोर्डको अगुवाइमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउँदैछन् ।  उक्त बस सेवा आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्दैछन् ।

बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् ।

ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ ।

बोर्डका अनुसार दुईवटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ । केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष