NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सरकार गठन भएकाे ५ महिनामा प्रचण्ड सरकारले पायो पूर्णता

काठमाडौं । सरकार गठन भएको पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार जसपा दुई जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

मन्त्री हुनेमा वीरेन्द्रप्रसाद महतो रहेका छन् । उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी  प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् भने प्रमिला राष्ट्रियसभा सदस्य हुन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।