NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चेनाई फाइनलमा, गुजरात बाहिरियो

काठमाडौं । चेनाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल यात्रा तय गरेको छ । साविक विजेता गुजरात टाइटन्सलाई पाखा लगाउँदै चेन्नाई दशौं पटक आइपिएलको फाइनलमा पुगेको हो ।

घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा सम्पन्न खेलमा चेनाईले गुजरातलाई १५ रनले पछाडि पार्यो ।

पहिले ब्याटिङ सम्हालेको चेन्नाईले गुजरातलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो । जसलाई पछ्याउँदै अघि बढेको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन मात्र जोड्न सक्यो ।

गुजरातका लागि ओपनर शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए भने राशिद खानले १६ बलमा ३ चौका र २ छक्का सहयोगमा ३० रन, र विजय शंकरले १० बलमा १ छक्काको सहयोगमा १४ रन बनाए । त्यसैगरी, ओपनर ऋद्धिमान शाहले १२ र दाशुन शनकाले १७ रनको योगदान दिए पनि अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना,रविन्द्र जडेजा र महेश थिक्सनाले समान २–२ र तुसारदेस पान्डेले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।

योसँगै चेन्नाईले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । फाइनल खेल अब आगामी आइतबार हुनेछ ।