NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सिटिजन्स बैंकका ग्राहकलाई रन्जना सिनेप्लेक्समा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले न्यूरोडको रन्जना सिनेप्लेक्समा छुट पाउने भएका छन् । छुटसम्बन्धी सिटिजन्स बैंक बैंक र रन्जना सिनेप्लेक्स समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले रन्जना सिनेप्लेक्समा टिकट खरिद गर्दा ५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

हालसम्म बैंकले ८२ शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित इकाईहरुबाट सेवा दिँदै आएको छ ।