NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

रातो खुसार्नी धेरै खाँदा के हुन्छ ?

एजेन्सी । खुसार्नी बिना भान्सामा पाक्ने तरकारी सायद अधुरै हुन्छन् ।

केहीको त पिरो धेरै खाने बानी नै हुन्छ । तर यसले स्वास्थ्यमा भने हानी गर्छ । यसको अत्यधिक सेवनले कफको समस्या उच्चसँग बढाउँछ । जसले दमको जोखिम पनि बढेर जान्छ ।

रातो खुर्सानीले श्वासप्रश्वास सम्बन्धी समस्यासमेत बढाइदिन्छ । रातो खुर्सानी पेटको लागि राम्रो मानिदैन् । यसले डाइरियाको समस्या गराउँछ भने एसिडिटीको समस्या पनि हुन्छ ।

रातो खुर्सानीमा मोटोपन विरोधी गुण र क्याप्साइसिन नामक एल्कालोइड हुन्छ। यसलाई खानामा समावेश गर्नाले शरीरको मेटाबोलिजम बढ्छ । जसले तौल घटाउन मद्त गर्छ ।

यसले छालामा एक्जिमा अर्थात छालामा हुने समस्यासमेत निम्त्याउन सक्छ । यसबाहेक रातो खुर्सानीको धेरै सेवन गर्दा छाति पोल्ने, मुखमा खटिरा तथा घाउ आउने, र अल्सरको समस्या बढ्ने गर्छ ।