NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विवाइडीको वृक्षारोपण अभियान ‘भिल्डिङ ड्रिम्स एण्ड फोरेष्ट’

काठमाडाैं । विद्युतीय गाडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले ‘भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट’ को लागि पहल गरेकोमा गौरवान्वित भएको जनाएको छ ।

कम्पनीले विश्व जैविक बिविधता दिवशको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो पहल गरेको थियो ।

यस रणनीतिक अभियानले २०६२ सालमा अवैध बालुवा उत्खनन र वनफडानीको शिकार भएको चखन्डोल सामुदायिक वनलाई पुर्नस्थापित र पुर्नजिवित गर्ने लक्ष्य राखेको जनाएको छ ।

रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा साइमेक्सले नवीनतम मियावाकी प्रविधी प्रयोग गरि १५०० रुख रोप्ने कार्यको नेतृत्व गर्नेछ । यस कार्यको पहलले बिवाडीको ‘एक डिग्रीले पृथ्वीलाई चिसो बनाउने दृष्टिकोणसंग पङ्क्तिबद्घ र वातावरणीय दिगोपन र जैविक विविधता संरक्षणमा कम्पनीको अटल प्रतिवद्धता प्रकट गरेको छ ।

विभिन्न वनस्पती तथा जीवजन्तुले पारिस्थिक प्रणालीको रुपमा रहेको चखन्डोल सामुदायिक वनले विगतमा धेरै क्षति बेहोर्नु परेको छ । यद्यपी ‘भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट’ अभियानमार्फत साइमेक्सले स्वदेशी रुखका प्रजातीहरुलाई पुनः परिचय दिएर तिनीहरुको वृद्घिको लागि अनुकुल वातावरण सिर्जना गरेर वनको पुरानो गौरवलाई पुनर्जिवित गर्ने लक्ष्य राखेको बताएको छ ।

यस महत्वाकांक्षी प्रयासले यस क्षेत्रको पुनरुत्थानमा मात्र योगदान पु-याउने मात्र नभएर यस क्षेत्रको पारिस्थितिक सन्तुलनमा ७-८ विभिन्न प्रजातिका चराहरु फिर्ता ल्याउन पनि मद्दत गर्नेछ । त्यस बाहेक, गुणस्तरीय माटो तयार गर्ने प्रविधिहरुमा स्वदेशी सुक्ष्म जीवहरु प्रिचय गराउने, स्वस्थ र सम्पन्न पारिस्थितिक प्रणालीको लागि आवश्यक महत्वपूर्ण सुक्ष्मजीवहरुलाई पुर्नस्थापित गर्नेछ ।

विश्वका सबै भन्दा प्रदुषित सहरहरु मध्ये एक काठमाण्डौं लामो समय देखि वायु प्रदुषणका हानिकारक प्रभावहरु झेल्दै आएको छ । यसको समग्र दृष्टिकोणको साथ ‘भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट’ को पहलले वातावरण र यसका बासिन्दाहरुमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्नेछ । बृक्षारोपणको पहिलो बर्षमा आयोजनाले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको छ । पाँच बर्षको अवधिमा वनले १५५० टन कार्वन अलग गर्दै प्रभावशाली ४१३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका प्रमुख मार्केटिङ अफिसर समीर श्रेष्ठ भन्छन्, ‘हाम्रो भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट अभियानले विवाडीको मूल मुल्यमान्यता र दिगो भविष्य सिर्जना गर्ने प्रतिबद्धताको प्रतीक हो । हामी यस क्रान्तीकारी परियोजना संग सहकार्य गर्न पाउँदा र चखन्डोल सामुदायिक वनको पुर्नस्थापना गर्न प्राविधिक आविष्कारको लाभ उठाउन पाउँदा गर्व गर्छौं ।’