NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

उपत्यकामा चल्ने सवारी साधनको भाडा घट्यो

काठमाडाैं । बागमती  प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले उपत्यकामा चल्ने सवारी साधनको भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले उपत्यकाको पनि भाडा समयोजन गरेको हो ।

बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले नयाँ भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।

अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा ५ दशमलव ९ प्रतिशत, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा कायम हुने छ ।

नयाँ भाडादर राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुने छ ।

घट्यो गाडी भाडा, आजदेखि लागू हुने