NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अडानी समूहको कम्पनी पुनः संकटमा

एजेन्सी । भारतीय उद्योगपति गौतम अडानीको कम्पनीको सेयरले पछिल्ला केही दिनमा ठूलो उछाल ल्यायो । यसले अदानीको नेटवर्थलाई पनि विशेष प्रभाव पार्यो । सेयरमा देखिएको उछालको कारण अडानीले बुधबार नै विश्वका टप–२० अर्बपतिको सूचीमा पुनरागमन गराउन सफल भए ।

तर अहिले अदानी समूहमा फेरि संकटको बादल मडारिएको छ । शेयरको मूल्यवृद्धिपछि प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको शेयरलाई स्टक एक्सचेन्जले निगरानीमा राखेको जनाएको छ । यसले पुन:  कम्पनीमा संकट निम्तिने देखिएको हो ।

बम्बई स्टक एक्सचेन्ज (BSE) र नेशनल स्टक एक्सचेन्ज (NSE) ले अदानी इन्टरप्राइजेजलाई छोटो अवधिको लागि अतिरिक्त निगरानी (ASM) अन्तर्गत राखेको हो । अडानी समूहको यो फ्ल्यागशिप कम्पनी २५ मे अर्थात आजबाट ASM को Step-I मा राखिएको एक्सचेन्जद्वारा जानकारी गराइएको छ।

यसअघि पनि बीएसई र एनएसईले अडानी इन्टरप्राइजेजको शेयरलाई छोटो अवधिको एएसएम फ्रेमवर्कमा राखेका थिए ।  जहाँबाट मार्च महिनामा नै जारी गरिएको थियो।

बुधबार अन्तिम कारोबार दिन अडानी कम्पनीको शेयरमा गिरावट देखिए पनि यसअघि लगातार तीन कारोबार दिन शेयर बजार तीव्र गतिमा अघि बढेको थियो । मंगलबार त्यसमा १४ प्रतिशतले ठूलो उछाल आएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष